सिप र लाइसेन्स भएको ड्राइभरको प्रतिक्षा गर्छौँ : राजेन्द्र लिङ्देन

डिसी नेपाल
६ चैत २०७९ १५:४८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीले धोका दिएपछि आफुहरुले साथ छाडेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको छलफलमा लिङ्देनले मुलकलाई अघि बढाउन सहमतिका साथ आफुहरु एकसाथ रहेको र प्रधानमन्त्रीले सहमति तोडेपछि आफुहरुले साथ छाडेको बताएका हुन् ।

प्रधानमन्त्रीले बाटो नै फेरेपछि लाचार भएर सरकारमा बसिरहन अनुचित हुने ठान्दै इमान्दारीता साथ समर्थन फिर्ता लिएको उनले जिकिर गरे । अब आफुहरु सिप पनि भएको र लाइसेन्स पनि भएको ड्राइभरको प्रतिक्षा गर्ने उनको भनाइ छ । उनले प्रधानमन्त्रीलाई नयाँ यात्राका लागि शुभकामना दिदै सरकारमा सहकार्य गर्न नसकेपनि अन्य राष्ट्रियताका विषयमा सहकार्य गर्न सकिने उल्लेख गरे ।

उनले सबैलाई सरकारमा लिएर जाने र सबैलाई भागबण्डा गर्ने परिकल्पना अहिलेको व्यवस्थाले नगरेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *