अर्थतन्त्र सुधार्न राजनीतिक स्थिरता चाहिन्छ : प्रदेश प्रमुख गुरुङ

डिसी नेपाल
७ चैत २०७९ १०:४९
40
Shares

गण्डकी। गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक रहेकामा जोड दिएका छन्।

सोमबार पोखरामा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिक अस्थिरता भइरहे आर्थिक क्षेत्रले फड्को मार्न नसक्ने उल्लेख गरे।

प्रदेश प्रमुख गुरुङले देशी–विदेशी लगानीकर्तालाई आकर्षित गर्न राज्यले उचित नीति र वातावरण तयार गर्नुपर्ने धारणा राखे। “देशमा राजनीतिक स्थायित्व भए ढुक्क भएर लगानी गर्ने वातावरण बन्छ, अर्थतन्त्र पनि उकासिन्छ”, उनले भने, “उद्योग, व्यवसायको प्रवद्र्धनमा राजनीतिक नेतृत्व र राज्य संयन्त्र सहयोगी बन्नुपर्छ।”

देशमै रोजगार सिर्जना र अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको प्रदेश प्रमुख गुरुङले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *