उजाड बन्दै गएको गाउँघरमा बाबुरामको घुमघाम!
![उजाड बन्दै गएको गाउँघरमा बाबुरामको घुमघाम!](https://www.dcnepal.com/wp-content/uploads/2023/03/336778297_927665938424150_2897803996348654434_n.jpg)
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गृह जिल्ला गोरखा पुगेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले गोरखा पुगेको तस्वीर फेसबुकमा पोष्ट गर्दै पुर्खौली घरमा रात बिताएर उजाड भएको गाउँघरमा घुमघाम गरेको उल्लेख गरेका छन् ।
उनले गोरखाका ग्रामीण भेगको तस्वीर फेसबुकमा सार्वजनिक गर्दै लेखेका छन्,‘पुर्खौली घरमा रात बिताएर उजाड बन्दै गएको गॉघर घुमघाम!’
गोरखा २ बाट निर्वाचन जित्दै आएका बाबुरामले यसपाली आफ्नै पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन क्षेत्र छोडेका थिए । सोही निर्वाचन क्षेत्रबाट निर्वाचित प्रचण्ड देशको प्रधानमन्त्री हुँदा बाबुराम भने आफ्नो जिल्ला तथा पूर्व निर्वाचन क्षेत्रमा नियमित आवत जावत गरिरहन्छन् ।
Facebook Comment