आजबाट नयाँ संवत्सर सुरू, नेतृत्वको अपरिपक्व निर्णयले जनताले समस्या झेल्नुपर्ने

सुरेशचन्द्र रिजाल
८ चैत २०७९ ११:२१

काठमाडाैं। ज्योतिषीय गणनाकाआधारमा चैत महिनाको शुक्लपक्षको प्रतिपदा तिथिदेखि नयाँ संवत्सर प्रारम्भ हुने गर्छ।

यसवर्ष चैत ८ गते बुधबारदेखि पिंङ्गल नामक संवत्सर प्रारम्भ भएको छ। बुधबारदेखि नयाँ संवत्सर प्रारम्भ भएकाले यसवर्ष बुध ग्रह राजाकाे भूमिकामा वर्षभरि रहने शास्त्रीय नियम रहेकाे छ।

‘चैत्रे मासि जगद् ब्रह्मा ससर्ज प्रथमेहनि। शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति’ यस श्लोकको आशयबमोजिम ब्रह्माले सृष्टिको प्रारम्भ यसै दिनबाट सुरुवात गरेको विभिन्न पुराणहरुमा व्याख्या गरिएको छ।

आजैदेखि चैत्र नवरात्र पनि प्रारम्भ भएकाे छ। देवीकाे उपाशाना तथा नाै दिनसम्म भगवतीकाे पूजा गर्नाले सुख,शान्ति तथा सम्पूर्ण मनाेकामना पुराहुने मार्कण्य पुराणमा व्याख्या गरिएको छ।

ज्योतिषीय आधारमा नयाँ संवत्सरको फल विचार गर्दा यसवर्ष पिंङ्गल नामक संवत्सर २०८० भरि रहनेछ। नयाँ सम्वत्सरकाे फल विचार गर्दा समाजमा भय तथा अराजकता अधिक मात्रामा बढ्नेछ।

हरेक क्षेत्रमा हुने मूल्य वृद्धिका कारण आमनागरिकले कठिनाई वर्षभरि नै झेल्नुपर्ने देखिएको छ। वर्षामा एकरुपता नहुँदा कतै थाेरै त कतै भारि वर्षाका कारण नागरिकले सास्ती भाेग्नुपर्ने याेग रहेकाे छ।

प्रतिपक्षीहरुले शक्ति प्रदर्शन गरिरहनाले जनताहरुका लागि याे वर्ष कष्टकर रहने संवत्सरकाे फलमा उल्लेख गरिएको छ। यसवर्षका राजा (शासनाध्यक्ष) बुध ग्रह रहनेछन्। ज्याेतिष शास्त्रमा बुध ग्रहलाई अपरिपक्व राजकुमार ग्रहका रुपमा व्याख्या गरिएको छ।

अत:उच्चस्तरीय नेतृत्वबाट अपरिपक्व निर्णय हुनाले बारम्बार नागरिकले समस्या झेल्नुपर्ने देखिएको छ। खेलकुद तथा कलाकारिता क्षेत्रमा भने वर्षभरि नै सम्मानित हुने याेग रहेकाे छ।

शान्तिसुरक्षाको स्थितिमा सुधार आउनेछ, आम जनताले शान्तिको सास फेर्न पाउने छन्। यद्यपि पशुपन्छी र चौपायाको कारोबार र व्यवसायमा हानि-नोक्सानी हुनेछ, दलहन र तेलहन सामग्रीको दाम बढ्नेछ, बेमौसमी वर्षा, अतिवृष्टि, अनावृष्टि आदि प्रकोपका कारण तुलफूल र बालीनालीमा समेत नोक्सानी हुने सम्भावना छ।

आर्थिक रुपमा वर्षभरि नै समस्या देखापरिरहने याेग रहेकाे छ। वैदेशिक सहयाेगमा कमि रहने याेग रहेकाले विकासका आयाेजना विस्तारै अगाडि बढ्ने छन्।

(लेखक रिजाल ज्याेतिषी तथा वास्तुविद् हुन् ।)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *