तोलामा १ हजार २ सयले बढ्यो सुनको मूल्य

डिसी नेपाल
९ चैत २०७९ १०:३९

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम गरेको हो।

बुधबार प्रति तोला १ लाख ७ हजार ८ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार २ सय रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *