कोशी प्रदेश खारेजीको आन्दोलनमा घाइतेको भएका पदम लिम्बूको मृत्यु

डिसी नेपाल
१० चैत २०७९ ११:२५

विराटनगर। प्रदेश १ को पुनः नामाकरणको माग राखेर भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका मोरङको बेलबारी नगरपालिका-२ का पदम लिम्बूको मृत्यु भएको छ।

प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएपछि ५ चैतमा भएको आन्दोलनमा क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका उनको शुक्रबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। कोशी प्रदेश नामाकरण खारेज गरेर पुनः पहिचानका आधारमा नामाकरण गर्नुपर्ने माग गर्दै प्रदर्शन भइरहेका छन्।

सोही क्रममा गत आइतबार भएको आन्दोलनमा प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएका थिए। तर, मंगलबार राति बेहोस भएपछि उनलाई उपचार गर्न प्रतिष्ठानमा लगिएको थियो। उनको टाउकोमा चोट लागेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *