राष्ट्रपति पौडेल आज गोरखा जाँदै

डिसी नेपाल
१२ चैत २०७९ ६:४२
84
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदैछन्।

विहान साढे नौ बजे सेनाको हेलिकोप्टरबाट राष्ट्रपति पौडेले गोरखा जाने कार्यक्रम रहेको शितलनिवास स्रोतले जनाएको छ। गोरखामा राष्ट्रपति पौडेलले गोरखकाली मन्दिरमा पूजा र दर्शन गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलको यो पहिलो जिल्ला भ्रमण हो। फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेलले यसअघि काठमाडौंमा पशुपतिनाथलगायत मन्दिरको दर्शन गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *