अधिकार कटौती हुन सक्ने देखिएपछि सभामुख घिमिरे राजनीतक दलसँग परामर्शमा

डिसी नेपाल
१२ चैत २०७९ १२:५१
640
Shares

काठमाडौं । प्रतिनिधि सभा नियमावली ०७९ संशोधनका लागि बहस चलिरहेको बेला सभामुख देवराज घिमिरेले राजनीतिक दलसँगको छलफललाई तिब्र पारेका छन्।

प्रतिनिधि सभा नियमावली ०७९ संशोधनको मस्यौदा प्रस्ताव संसदमा विचाराधिन छ। मस्यौदा संशोधन गर्न संसदमा सहभागि दलले संशोधन प्रस्ताव राखेका छन् । सत्ता गठवन्धनसँग आवद्ध राजीतिक दल सभामुखको अधिकार कटौती गर्ने पक्षमा छन्।

प्रतिपक्षी दल एमाले यसको विपक्षमा छ । मत विभाजन हुँदा संसद्मा सत्ता गठवन्धनको बहुमत पुग्छ। त्यसो हुँदा सभामुख घिमिरेले राजनीतिक दलसँगको छलफललाई तिब्र पारेका छन्।

सभामुख घिमिरले आइतवार पनि संसद् भवनस्थित शंकर हलमा बिभिन्न राजनीतिक दलसँग छलफल जारी राखेको छन्।

सभामुखका प्रेस संयोजक शेखर अधिकारीले सभामुख घिमिरे राजनीतिक दलसँग छलफलमा रहेको बताए। उनले भने,‘सभामुख र राजनीतिक दलसँगको छलफल जारी रहेको बताए। छलफलमा प्रतिनिधि सभा नियमावली ०७९ संशोधन बिषयमा कुरा चलेको छ।’

छलफलमा दलका प्रमुख सचेतक, सचेतकहरू, संसदका महासचिव र सचिवहरू सहभागी भएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *