मेयर बालेन शाहविरुद्ध प्रदर्शन

डिसी नेपाल
१३ चैत २०७९ १२:४३
180
Shares

काठमाडौँ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन शाह)विरुद्ध सोमबार प्रदर्शन भएको छ। सुकुम्वासीलाई उठिबास लगाउन लागेको भन्दै मेयर बालेनविरुद्ध सोमबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन भएको हो।

काठमाडौं महानगरपालिकाले नदी किनारामा रहेका सुकुम्वासी बस्ती हटाउन उर्दी जारी गरेपछि उनीहरु आन्दोलित हुँदै आएका छन्।

आन्दोलनका क्रममा पक्राउ परेका भूमि अभियन्तालाई निःसर्त रिहा गर्नुपर्ने, उनीहरूमाथि लगाइएका सबै झुटा मुद्दा खारेज गर्नुपर्ने, आफूलाई लालपूर्जा दिनुपर्ने लगायतका मागसहित सोमबार पनि उनीहरुले प्रदर्शन गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *