मन्त्रिपरिषद् विस्तार गर्न मंगलबार गठबन्धनको बैठक

डिसी नेपाल
१३ चैत २०७९ १३:०८

काठमाडौं। मन्त्रिपरिषद् विस्ताका लागि मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ। मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह ४ बजे गठबन्धनको बैठक बोलाउने शीर्षनेताहरुबीच सहमति भएको छ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो।

सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको शीर्षनेताहरुबीचको छलफलले मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार अपराह्न ४ बजे गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *