पर्यटनको विकासका लागि दक्ष जनशक्तिको विकास गर्न जरुरीः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटनको विकासका लागि उच्चस्तरको गुणस्तर भएका दक्ष जनशक्तिहरुको बिकास गर्न जरुरी भएको बताएका छन्।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको स्वर्ण जयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले देशको प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र संवर्द्धन गर्दै पर्यटनको विकासका लागि उच्चस्तरको गुणस्तर भएका दक्ष जनशक्तिहरु देशका सबै क्षेत्रहरुमा विकास गर्न एकदम जरुरी भएको बताए।
अहिलेको समयमा शैक्षिक संस्थाहरु केबल विद्यार्थी उत्पादन गर्ने थलोको रुपमा मात्र सीमित नराखी नयाँ ज्ञान र उद्योगलाई चाहिने नयाँ सोच निकाल्ने थलोको रुपमा समेत विकास गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
उनले विदेशी विद्यार्थीहरुलाई नेपालमा ल्याएर पढाउन देखिएका चूनौतिलाई समाधान गर्नका लागि आवश्यक छलफल गरि अघि बढ्न प्रतिष्ठानलाई निर्देशन दिए।
नेपालका ७५३ वटै स्थानीय सरकारहरुसंग समन्वय गरी त्यहाँको पर्यटन विकासका लागि प्रतिष्ठानको विज्ञता प्रयोग गरी अगाडि बढ्न पनि उहाले निर्देशन दिए।
Facebook Comment