प्रधानसेनापति शर्मा हल अफ फेमबाट सम्मानित
काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा हल अफ फेमबाट सम्मानित भएका छन्। यो सम्मानबाट सम्मानित हुने उनी तेस्रो सेनापति हुन्।
सैनिक कमाण्ड तथा स्टाफ कलेजमा तालिम गरेर सेनाको प्रमुख हुने व्यक्तिलाई यो सम्मान दिइने सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

यसअघि यो सम्मानबाट पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री, पूर्णचन्द्र थापा सम्मानित भइसकेका छन्। हल अफ फेमबाट सम्मानित हुने प्रधानसेतापति शर्मा तोस्रो सेनापति हुन्।

सम्मानि हुने सेनापतिको तस्वीर सैनिक प्रतिष्ठान खरिपाटीमा राखिने चलन छ। विश्वको धेरै देशमा ख्याती प्राप्त व्यक्ति वा सेनाको तस्वीर हल अफ फेममा राख्ने चलन छ। सैनिक कमाण्ड तथा स्टाफ कलेजमा तालिम गरेर पहिलो हुने विदेशी सेनालाई पनि यो सम्मान दिने गरिन्छ।








डिसी नेपाल







Facebook Comment