ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

डिसी नेपाल
१५ चैत २०७९ ७:२७
332
Shares

काठमाडाैं। नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ। यसअघि मुगुको भिइ केन्द्रविन्दु भएर यही चैत १० गते चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *