राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न राष्ट्रपति पाैडेलकाे आग्रह

डिसी नेपाल
१५ चैत २०७९ १२:२८
56
Shares

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग आग्रह गरेका छन्।

विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग आज बिहान शीतल निवासमा भएको भेटघाटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका हुन्।

वाणिज्यदूतहरुका तर्फबाट दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटन प्रवद्र्धनमा समेत आफूहरुले प्रभावकारी ढंगले काम गर्दै आएको बताए। उनीहरुले राष्ट्रपति पदमा निर्वाचित भएकोमा राष्ट्रपति पौडेललाई बधाई साथै सफल कार्यकालको शुभकामना दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *