मिटरब्याजी साहुकारको संरक्षण नगर्न मनिष झाको चेतावनी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मिटरब्याजी साहुकारको संरक्षण नगर्न चेतावनी दिएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सिरहाबाट हिँडेर काठमाडौं आएका मिटरब्याजी पीडितको माग तत्काल सम्बोधन गर्न माग गरे।
‘मिटरब्याजी साहुकारको संरक्षणमा कुनै पनि राजनीति दल वा राज्यसंयन्त्रमा रहेका कोही पनि नलाग्न चेतावनी दिँदै आग्रह छु,’ उनले भने, ‘मिटरब्याजकै कारण कोही पनि रुखमा झुण्डिनुपर्ने अवस्था सरकारले पर्खेर बसेको हो ? होइन भने उनीहरुको माग सम्बोधन गर्नुपर्यो।’
जारी बैठकमा बोलेका अधिकांश सांसदले मिटरब्याज पीडितको माग सम्बोधन गर्न र पीडकलाई कारबाही गर्न माग गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment