नेपाली सेना र अमेरिकी सेनाबीच ‘ल्यान्ड फोर्स टक’ सम्पन्न

डिसी नेपाल
१५ चैत २०७९ २१:५३
368
Shares

काठमाडौं। नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच द्विपक्षीय ल्यान्ड फोर्स टक सम्पन्न भएको छ।

मानवीय सहायता, विपद् उद्धार, शान्ति कार्य सञ्चालन, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारमा पूर्ववत् सहयोगलाई निरन्तरता दिने विषयमा नेपाली र अमेरिकी सेनाबीच तीनदिनेल्यान्ड फोर्स टक चौथो संस्करण बुधबार सकिएको हो।

छलफलमा अमेरिकी सेनाको तर्फबाट प्यासीफीक कमान्डका डेप्युटी कमानडर मेजर जनरल क्रीस्टोफर स्मीथ र नेपाली सेनाको तर्फबाट उपरथी अशोकराज सिग्देलले नेतृत्व गरेका थिए।

छलफलमा अमेरिकी टोलीमा २२ जनाको सहभागिता थियो भने नेपाली टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधिहरु सहित १४ जना सहभागी थिए।

मेजर जनरल स्मिथले कार्यक्रमपछि रक्षासचिव किरणराज शर्मा र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट गरेका थिए।

छलफलले दुई देशबीचको सुमधुर सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ। द्विपक्षीय संवादको पाँचौं संस्करण सन् २०२४ को मार्चमा अमेरिकामा गर्ने तय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *