भक्तपुर सवारी दुर्घटना : १६ जना घाइते

डिसी नेपाल
१६ चैत २०७९ १२:०६
808
Shares

कठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका-९ नलिनचोकमा विहीबार विहानै सवारी दुर्घटना हुँंदा १६ जना घाइते भएका छन्।

जगातीबाट साँगातर्फ जादै गरेको बा ५ ख ८०२२ नं को फोर्स गाडी बिग्रिएर बनाउँदै गरेको अवस्थामा सोही दिशातर्फ जादै गरेको ग २ ख ४३१ नं को टिफरले पछाडिबाट ठक्कर दिँदा सडकबाट अन्दाजी ३ मिटर तल खस्न गई सवारी दुर्घटना हुदा फोर्स गाडीमा सवार यात्रीहरु घाइते भएका हुन्।

दुर्घटना हुनेहरुमा सर्लाही कपलाछी न.पा.१ बस्न वर्ष ४५ की कान्ती देवी ठाकुर ,वर्ष २९ को प्रविन ठाकुर ,वर्ष ६३ को किसन ठाकुर वर्ष ८० को महेन्द्र ठाकुर वर्ष ६० की फुल कुमारी ठाकुर वर्ष ६० की तित्री देवी ठाकुर ,वर्ष ३ की ममता ठाकुर, वर्ष २६ की विनिता ठाकुर , वर्ष ३० की कविता ठाकुर, वर्ष ४२ को विरेन्द्र ठाकुर , वर्ष ३५ की नगिना देवी ठाकुर , ५० को वीरेन्द्रश्वर ठाकुर, वर्ष २३ को अविनाश ठाकुर घाइते भएको प्रहरीले जनाएको छ।

उनीहरुको उपचारका लागि भक्तपुर अस्पताल लगिएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए। उक्त स्थानमा वृत जगातीबाट दुवै सवारी साधन वृत जगातीको नियन्त्रणमा रहेको जनाइएको छ।

बसचालक उदयपुर कटारी न.पा.२ बस्ने बर्ष ३२ को नवराज खड्का वृत जगातीको सम्पर्कमा रहेको जनाइएको छ। टिफर चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *