सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री

डिसी नेपाल
१७ चैत २०७९ १५:१२
88
Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्नेे बताएका छन्। शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

“आज मन्त्रिपरिषद बिस्तार भएपछि सरकारका कामले गति लिन्छ। यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु। केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु,” प्रधानमन्त्री प्रचण्डले भने।

सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारीहरू अरूभन्दा इमानदार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीहरूलाई आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *