शान्ति सम्झौताको मर्म अनुसार पीडितका मुद्दा सम्बोधन गर्छौंः प्रधानमन्त्री
काठमाडौं । सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई भेटेका छन् ।
आइतबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा उनीहरुले प्रधानमन्त्रीलाई भेटेका हुन् । सो क्रममा उनीहरुले सत्य निरूपण तथा मेलमिलाप विधेयकमा विद्रोह पक्ष र राज्यपक्षप्रति समान व्यवहारको प्रबन्ध गर्न, क्षतिपूर्ति र परिपूरणमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
जवाफमा प्रधानमन्त्री प्रचण्डले देशको राजनीतिक, सामाजिक रूपान्तरणको आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति आफ्नो समान सद्भाव भएको बताउँदै शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्ने बताए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment