उम्मेदवारी मनोयन दर्ताः कांग्रेसका महामन्त्री थापा तनहुँ, विश्वप्रकाश चितवन पुग्ने

डिसी नेपाल
२० चैत २०७९ ७:१४
368
Shares

काठमाडौं। आज हुन गइरहकाे उपनिर्वाचनको उम्मेदवारी मनोयनका लागि नेपाली कांग्रेसका दुई महामन्त्री निर्वाचन क्षेत्रमा नै पुग्ने भएका छन्।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार महामन्त्री गगन थापा तनहुँ-१ मा हुने उम्मेदवार मनोनयनमा सहभागी हुनेछन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा चितवन-२ मा हुने मनोनयन दर्तामा सहभागी हुनेछन्।

कांग्रेसले तनहुँ-१ मा गोबिन्दराज भट्टराईलाई उम्मेदवार बनाएको छ भने चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। बारा-२ मा भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन जनाउने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गरेकाले सो क्षेत्रमा भने कांग्रेसको उम्मेदवार रहने छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *