कुपोन्डोलको गाडी सर्भिसिङ सेन्टरमा आगलागी, १२ सवारीसाधन जले

डिसी नेपाल
२० चैत २०७९ ९:४२
132
Shares

काठमाडौँ। ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ।

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धि विक्रम शाहका अनुसार सोमबार बिहान ४ः४० बजे देखी सो सर्भिसिङ सेन्टरमा आगलागी सुरु भएको हो।

उनका अनुसार खवर पाए लगतै नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको भएपनि आगलागीमा परेर ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र २ वटा स्कुटरसहित १२ वटा सवारी साधान भने जलेर ध्वस्त भएका छन्।

घटनाबाट भएको थप क्षतिको पूर्ण विवरण भने आइनसकेको एसएसपी शाहको भनाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *