एमालेले बारा-२ मा पुरुषोत्तम पौडेललाइ उठाउने
काठमाडौं। नेकपा एमालेले बारा क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
आज मनोनयन गर्नु केही घन्टा अघि मात्र एमालेले पुर्व खेलकुद मन्त्रीसमेत रहेका पौडेललाई उम्मेदवार बनाउने निर्णय लिएको हो।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा-२ को निर्वाचनमा एमालेले जनता समाजवादी पार्टीलाई सघाए पनि यसपटक भने एमालेले एकल उम्मेदवारको रुपमा पौडेललाई अघि सारेको हो।
बारा-२ मा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, रास्वपाबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र राप्रपाबाट सोनेलाल साह उम्मेदवार रहने यसअघि नै सार्वजनिक भइसकेको छ। आज बिहान १० बजे देखी साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुँदैछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment