उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने अधिकतम खर्च तोकियो

डिसी नेपाल
२२ चैत २०७९ १६:५२
56
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ ।

बुधबार बसेको आयोगको बैठकले उपनिर्वाचन प्रयोजनको लागि मिति २०७९ असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन–२ तथा बारा–२ को लागि २९ लाख रुपैयाँ र र तनहुँ–१ को लागि ३१ लाख रुपैयाँ खर्च गर्न पाउने निर्धारण गरेको हो ।

आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधि सभासदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ (पैंतीस) दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने समेत आयोगले निर्णय गरेको आयोगका प्रवक्ता  शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले जारी गरेको विज्ञप्ति :


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *