नेपाल प्रहरीका चार डिआईजी एआईजीमा बढुवा

डिसी नेपाल
२४ चैत २०७९ ११:२४
408
Shares

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा भएका छन् ।

शुक्रबार विहान बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा गरिएको हो ।

यसअघि टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी भएका थिए । उनीहरुको पदस्थापन पनि भइसकेको छ । उनीहरुकै व्याची बसन्तबहादुर कुँवर आइजीपी भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *