एमालेभित्र कुनै गुटबन्दी छैनः केपी ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ध्वस्त पार्ने सबै षडयन्त्रलाई चिर्न सफल भएको बताएका छन्।
शनिबार काठमाडौंमा अखिल नेपाल महिला संघको सातौ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै ओलीले एमालेलाई सिद्धाउन र ध्वस्त पार्न अनेक षडयन्त्र भएको भन्दै त्यसलाई चिर्दे अहिले एमालेलाई बलियो र सबल पार्टी बनाइएको बताए।
आजको अवस्थामा पार्टी सुरक्षित भएर देशको प्रमुख पार्टीको हैसियतमा उभिन सफल भएको उनको भनाइ छ। उनले एमाले फुटाउनका लागि बिचार नभई पद बाड्ने खेल भएको र त्यसलाई पनि पराजित गरिएको उल्लेख गरे।
ओलीले आजको वर्तमान एमालेभित्र कुनै गुटबन्दी नरहेको भन्दै स्वार्थका आधारमा नचल्न निर्देशन दिए।
उनले समृद्ध नेपाली सुखी नेपाल बनाउने लक्ष्य र नेपाली जनतालाई भ्रमबाट मुक्त गर्नका लागि महिला संघ एकढिक्का भएर लाग्नुपर्ने धारणा राखे।






डिसी नेपाल





Facebook Comment