इन्डियन प्रिमियर लिगमा चेन्नईको दोस्रो जीत

डिसी नेपाल
२६ चैत २०७९ ७:५८

काठमाडौं। इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सले पुनः दोस्रो खेलमा जीत हासिल गरेको छ।

शनिबार चेन्नईले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेर दोस्रो जीत दर्ज गरेको हो भने मुम्बई आफ्नो सुरुआती दुवै खेलमा लगातार पराजित हुन पुगेको छ।

मुम्बईले दिएको १ सय ५८ रनको लक्ष्य पछयाउँदै चेन्नईले तीन विकेट गुमाएर १८.१ ओभरमै पूरा गरेको थियो। चेन्नईका लागि अजिन्के रहानेले सर्वाधिक ६१ रन बनाएका थिए। त्यस अगाडि मुम्बईले आठ विकेटमा १ सय ५८ रनको लक्ष्य चेन्नईलाई दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *