बढुवा भएका चारजना एआईजीलाई दर्ज्यानी चिह्न प्रदान

डिसी नेपाल
२६ चैत २०७९ १५:४५

काठमाडौं। प्रहरी नायव महानिरीक्षक(डिआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)पदमा बढुवा भएका चारजनालाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

२४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गररेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *