कर्णाली सरकारबाट बाहिरियो एमाले

डिसी नेपाल
२६ चैत २०७९ १७:३२

सुर्खेत। कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ।

नेकपा माओवादी र एमालेबीचको सहमति अनुसार गठन भएको सरकारबाट आज नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागि हुने निश्चित भएको हो।

मुख्यमन्त्री राजकुमार शर्मासामू नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, पयटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले राजीनामा दिएका छन्।

मुख्यमन्त्री शर्माले प्रदेश सभामा विश्वासको मत माग्दा एमालेले पनि विश्वासको मत दिएको थियो। तत्काल सरकारबाट नबाहिरिने बताएको थियो। तर, आइतबार एमालेका मन्त्रीहरूले राजीनामा दिएका हुन्।

अब फेरि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ भने कांग्रेस सरकारमा सहभागी हुने बाटो खुलेको छ। कांग्रेस र माओवादी मिल्दा सुविधानजनक बहुमत हुने भएकाले एमाले सरकारबाट बाहिरिँदैमा मुख्यमन्त्री शर्मालाई कुनै अप्ठ्यारो नपर्ने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *