मिटरब्याज पीडित र सरकारबीच पहिलो चरणको वार्ता सम्पन्न, भोलि फेरि बस्ने

डिसी नेपाल
२६ चैत २०७९ १९:४९

काठमाडौं। मिटरब्याज पीडित र सरकारी टोलीबीच पहिलो चरणको वार्ता भएको छ।

आइतबार काठमाडौंको शान्तिबाटीका भएको वार्ताका क्रममा मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई आफ्ना मागहरुका बिषयमा जानकारी गराएका छन्।

मिटरब्याज पीडितको माग सुनेपछि सरकारी टोलीले मागका बारेमा अध्ययन गर्ने र सोमबार पुन वार्तामा बस्ने जनाएका छन्। वार्ताका लागि गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत नेतृत्वको टोली शान्तिबाटीका पुगेको थियो।

गृहका प्रवक्ता बस्नेतले पहिलो दिन परिचयात्मक कार्यक्रम भएको र पीडितहरुको माग सहितको पत्र प्राप्त भएको जानकारी दिए। उनले सरकारको तर्फबाट ५ जनाको टोली बनेको र पीडितको वार्ता टोली १९ जनाबाट घटाउन आग्रह गरेको बताए।

सोमबार पीडितको मागपत्रलाई आधार बनाएर गृह मन्त्रालयमा छलफल हुने सहमति भएको उनको भनाइ छ।

त्यस्तै पीडितको तर्फबाट अवदेश कुशवाहाले सरकारले आफ्नो मागलाई गम्भीरपूर्वक सुनेपछि आगामी वार्ताले माग पुरा हुने वा नहुने टुङ्गो लाग्ने बताए।

उनले सरकारसँग थप छलफल र वार्ताका लागि आवश्यक सहजीकरणका साथ प्रस्तुत हुने बताए। चक्रवृति तथा मिटर व्याजीलाई कारबाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राख्दै पीडितहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *