कांग्रेसभित्र योगदान गरेकालाई सम्मान गर्ने परिपाटी बनाउनुपर्छः सहमहामन्त्री आङदेम्बे

डिसी नेपाल
२६ चैत २०७९ २३:३२
12
Shares

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले पार्टीभित्र योगदान गरेकालाई सम्मान गर्ने परिपाटी विकास गर्नुपर्ने बताएका छन्।

नेपाल सांस्कृतिक कलाकर्मी सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले पार्टीभित्र योगदान गरेका व्यक्तिलाई सम्मान गर्ने परिपाटी विकास भएमात्र कांग्रेस वलियो हुने बताएका हुन्।

उनले पार्टीको १४औँ महाधिवेशनले पदाधिकारीमा युवा नेतृत्वलाई प्राथमिकता दिए पनि युवाहरुले पार्टीलाई सही दिशामा अगाडि बढाउन नसकेको बताए । पार्टीको नेतृत्वमा पुग्छु भन्नेले आफूमात्र जान्ने छु भनेर सोच्न नहुने उनको भनाइ थियो ।

सहमहामन्त्री आङ्देम्बेले पार्टीको क्रियाशील सदस्यता बढाउनका लागि पार्टीका नेता तथा कार्यकर्ताले मेहनत गर्नुपर्ने बताए। कांग्रेसले दुःख गरेका व्यक्तिको खोजी गर्नुपर्ने उनको भनाइ छ । “युवाले पार्टीमा नेतृत्व गरोस् भन्ने मेरो इच्छा र चाहना हो”, उनले भने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *