बैतडीमा जिप दुर्घटना: छ जनाको मृत्यु

डिसी नेपाल
२९ चैत २०७९ ६:२४

बैतडी। बैतडीको पाटन नगरपालिका स्थित झौलेकमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

पाटन नगरपालिका-८, झौलेक गाउँ जाने बाटो नजिक भिरबाट से१ज ७६४ नम्बरको जिप करिब पाँचसय मिटर तल भिरमा खसेको छ ।

पाँच जना हाम फालेर बाँच्न सफल भएका छन्।

दुर्घटनामा परेर मृत्यु हुनेमा बझाङको केदारस्यु गाउँपालिका -५, का मने बोहरा ( वर्ष ६०)  गोरख बोहरा (३५) नरे बोहरा (४०) विर्ख धामी ( ४५) मानबहादुर धामी  (४५)  वीरे धामी (४५) को मृत्यु भएको छ।   मृतक सबै बझाङका  भएकाे  प्रहरीले जनाएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *