रास्वपाका अन्य तीन जना सांसदको अडियो सार्वजनिक गर्ने दुर्गा प्रसाईंको चेतावनी [भिडियो]
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफूसँग दुई करोड मागेको भिडियो सार्वजनिक गरेका सामाजिक अभियन्ता तथा मेडिकल व्यावसायी दुर्गा प्रसाईंले रास्वपाका अझै तीन जना सांसदको अडियो सार्वजनिक गर्न बाँकी रहेको बताएका छन्।
डिसी नेपालसँगको कुराकानीमा प्रसाईंले रास्वापका संसदमा मिठो भाषण गर्ने तीन जनाको अडियो रेकर्ड आफूसँग रहेको र ती अडियो सार्वजनिक गर्न बाँकी रहेको दाबी गरेका हुन्।
रास्वपाले प्रसाईंसँग दुई करोड मागेको अभियोग लागेका ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज गरिसकेको छ। प्रसाईंले ढाकाकुमार श्रेष्ठको अडियोको तरंग अझै नसकिएको उल्लेख गर्दै भने, ‘त्यसको छाल रोकिएपछि अर्को अडियो सार्वजनिक गर्छु।’
उनले संसदमा मिठो भाषण गर्ने तर भित्री आचरण खराव भएका सांसदको अडिायो आफूसँग रहेको र त्यो उचित समयमा सार्वजनिक गर्ने बताए।
फरक प्रसंगमा प्रसाईंले पूर्व राजा ज्ञानेन्द्रले अहिलेका मिटरब्याजी पीडितलाई एक अर्ब रुपैयाँ दिए पीडितलाई राहत हुने र उनीहरुको साथ पूर्व राजालाई हुने जिकिर गरे। नेपालमा नेपालमा राजसंस्थाको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि दैनिक आत्महत्या गर्न बाध्य बैंक तथा लघुवित्त र मिटरब्याजी पीडितलाई बाँच्ने आधार तयार गर्न पूर्व राजाले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
प्रसाईंसँग गरिएकाे भिडियाे संवाद
No ads found for this position



डिसी नेपाल
Facebook Comment