शेखर समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन देउवा तयार!
काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा शेखर कोइराला समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन तयार भएका छन्।
आफ्नो समूहलाई तीन मन्त्री नदिए सरकारमा सहभागी नहुने अडानमा रहेको शेखर-गगन समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन सभापति देउवा तयार भएका हुन्।
बिहीबार विहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन्।
बैठकमा कोइरालाले उपनिर्वाचन लगत्तै सरकारमा सहभागी हुने बताएका थिए। कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र शेखर समूहमा मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ।
गत ११ पुसमा प्रधानमन्त्री बनेको प्रचण्डले हालसम्म सरकारलाई पूर्णता दिन नसक्दा आलोचना हुँदै आएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment