पेप्सी : जिउनुहोस् अझ बढी फिंज, अझ बढी स्फूर्तिका साथ

डिसी नेपाल
३० चैत २०७९ १२:१८
856
Shares

काठमाडौँ। सर्वाधिक प्रतिष्ठित चुनौतीपूर्ण ब्राण्ड बन्ने होडमा पेप्सीले MORE FIZZ, MORE REFRESHING भन्ने आफ्नो सिद्धान्तलाई निरन्तरता दिन एक नयाँ टिभिसि सार्वजनिक गरेको छ। जसमा ब्राण्ड सद्भावनादूत प्रदीप खड्कालाई देख्न सकिन्छ।

यो नयाँ फिल्मले पनि पेप्सी युवाहरुको आवाज र रोजाई हो भन्नेमा जोड दिएको छ। यस अभियानको मुख्य ध्येय युवाहरुलाई पेप्सी पिउन प्रोत्साहित गर्नु रहेको छ।  जसले ग्राहकहरुलाई अझ बढी फिजका साथ स्फूर्तिदायी अनुभूति दिइरहेको छ।
फिल्मको शुरुवात् युवा जोडी डिनर टेबलमा चिसो पेप्सीको साथ देखिन्छ। केटा उठेर जान्छ र वेट्रेससंग अझ बढी फिज भएको चिसो पेय माग्छ।

यस्तैमा ऊ नजिक चर्चित नायक प्रदीप खड्का बसिरहेको देख्छ। प्रदीपले एउटा गीलासमा कोला पेय खन्याएर ती युवालाई पिउन दिन्छन्। सो युवाको प्यास नाटकीय रुपमा मेटिन्छ र उसले वेट्रेसलाई आफूलाई पनि भर्खरै पिएको त्यही कोला पेय दिन आग्रह गर्दछ। यो सुनेर, प्रदीपले उसलाई आफूले पेप्सी पिउन दिएको बताउँछन्, यो थाहा पाएर त्यो केटा झनै अचम्ममा पर्छ किनकी उसले पेप्सीमा त्यति धेरै फिज हुन्छ भन्ने सोचेकै थिएन। त्यसपछि त्यो केटाले पेप्सीको बोतल लिन्छ र उसले अझ बढी स्फूर्तिका साथ आनन्द लिइरहेको देखिन्छ।

फिल्मको बारेमा बताउँदै पेप्सीको नेपालका एसोशिएट डाइरेक्टर अनुज गोयलले भने,“ पेप्सीको नयाँ अभियानले थप गरिएको फिजलाई अनौठो कथाको माध्यमबाट प्रस्तुत गरेर ब्राण्डको स्थितिलाई अझ मजबुत बनाएको छ। अभियानको उद्देश्य हाम्रा नेपाली उपभोक्ताहरुका लागि गृष्म यामको निर्विकल्प पेय बनाउनु रहेको छ। प्रदीपसंग काम गर्नु हाम्रो लागि सधैं उत्साहजनक रहँदै आएको छ किनकी वहाँ पेप्सीको स्वाएग सिद्धान्तसंग पूर्णरुपमा परिचित हुनुहुन्छ र उहाँको व्यापक अपीलले हामीलाई उपभोक्ताहरुमाझ व्यापकरुपमा पुग्न मद्दत गर्नेछ।”

फिल्मको सम्बन्धमा चर्चा गर्दै ब्राण्ड एम्बेसेडर प्रदीप खड्काले भने, “पेप्सीको अभियानसंग फेरि पनि जोडिन पाएकोमा म अत्यन्त रोमाञ्चित भएको छु, किनकी ब्राण्डको सिद्धान्त मेरो अन्तर ह्रृदयको भावना र हर चीजलाई अत्यन्त धीरताका साथ पछ्याउने मेरो आत्मविश्वाससंग मेल खान्छ । यो नयाँ अभियानले यो सिद्धान्तलाई जीवित तुल्याउँदै पेप्सी कसरी गृष्म यामको तापलाई शितलतामा परिणत गराउने निर्विकल्प स्फूर्तिदायक पेय हो भन्ने प्रस्तुत गरेको छ। म मेरा फ्यानहरुसँग यो फिल्म हेरेको सुन्न र यो मौसममा उनीहरुको हात हातमा अझ बढी फिज र स्फूर्तिदायक पेप्सी भएको देख्न आतुर छु।”

अझ बढी फिज भएको नयाँ पेप्सी एकल र बहु पेट सर्भ प्याकहरुसहित नेपालका मोडर्न तथा ट्रेडिसनल रिटेलहरुमा र इ कमर्स प्लेटफर्महरुमा पाइन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *