युवा संघको अध्यक्षमा क्षितिज थेबे चयन
बाँके। नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन्। नेपालगञ्जमा भएको महाधिवेशनले संघको अध्यक्षमा थेबेलाई चयन गरेको हो। महाधिवेशनबाट सात उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम चयन भएका छन्।
महासचिवमा सुमन पुरीलाई चयन गरेको महाधिवेशनले उप महासचिवमा महेन्द्र गुरुङ र राजन थापालाई चयन गरेको हो । यसैगरी, सचिवमा विनय शाह, मोबिन आलम, जय गुरुङ, खेम शर्मा, अनिता कन्दङ्वा, बिष्णा चन्द, कुबेर अधिकारी, देवानन्द मेहता र पर्वत भण्डारी चयन भएका छन्।
कोषाध्यक्षमा राकेश राई, लेखा आयोग प्रमुखमा सन्तोष चौलागाई र उपप्रमुखमा नानीराम तिवारी चयन भएका छन्। अनुशासन आयोगको प्रमुखमा राकेश लामा, उपप्रमुखमा दिपेश खड्का र सचिवमा राजन नेपाली चयन हुँदा महाधिवेशनले निर्वाचन आयोग प्रमुखमा बलराम बेलबासे, उपप्रमुखमा बाबु छतकुली र सचिवमा गोकर्ण नेपालीलाई चयन गरेको छ।







डिसी नेपाल








Facebook Comment