नयाँ वर्ष मनाउन पाल्पा आएका एक युवकको भुतखोलामा डुबेर मृत्यु
पाल्पा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका ३० वर्षीय शिभम जैसवालको खोलामा डुबेर मृत्यु भएको छ ।
नयाँ वर्ष मनाउन पाल्पा आएका उनको भुतखोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रुपन्देहीबाट नयाँ वर्ष घुमघाम गर्न आएका उनको शुक्रबार बिहान पाल्पाको तिनाउ गाउँपालिका– ३ झुम्सास्थित भुतखोलामा डुबेर मृत्यु भएको हो ।
ढुंगामा चिप्लिएर लडेपछि उद्धार गरेर उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment