इलामको मेलामा ठेलमठेल हुँदा ठूलो संख्यामा दर्शक घाइते, ३ जनाको अवस्था गम्भीर

डिसी नेपाल
१ वैशाख २०८० २२:३३

काठमाडौं। इलाम सदरमुकाममा मेला चलिरहेको स्थानमा सर्वसाधारणबीच ठेलमठेल हुँदा ठूलो संख्याका मानिस घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयले दिएको जनाकारी अनुसार इलाम अस्पतालमा १५ जना घाइतेहरुको उपचार भैरहेको छ। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले बाहिर रेफर गरिएको छ।

टुँडिखेलमा चलिरहेको मेलामा साँझको सांगीतिक कार्यक्रमका लागि टिकट काटेर छिर्ने बेला दर्शकबीच ठेलमठेल भएको प्रशासनले जनाएको छ। त्यसक्रममा किचिएर उनीहरू घाइते भएका हुन्।

घटनामा कतिजना घाइते छन् भन्ने खुलेको छैन। तर, अहिले पनि अस्पतालमा उपचार गराउन घाइतेहरूलाई अस्पताल पुर्‍याउन थालिएको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले घाइतेको अवस्था सामान्य रहेको र सुरक्षाका सबै अंग अहिले टुँडिखेलमा परिचालन गरिएको बताए।

राहसल बाल अनाथालयका लागि सहयोग संकलन गर्ने उद्देश्यले टुँडिखेलमा मेला चलिरहेको छ। मेलामा आज गायक प्रमोद खरेलको सांगीतिक कार्यक्रम थियो।

कार्यक्रममा सहभागी हुन आउने दर्शकले टुँडिखेलको गेटमा उकुसमुकुस भएका दर्शकको बलले नै गेट खुस्किएर ठेलमठेल भएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *