वर्षमान पुनकी आमालाई आफ्नै सुरक्षाकर्मीले गोली हाने
काठमाडौं । सुरक्षार्थ खटिएका पिओसोले गोली चलाउदा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमा घाइते भएकी छिन्।
शुक्रबार साँझ नयाँ वर्षको अवसरमा घरमै खानपीन चलिरहेका बेला वर्षमानकी आमा तिर्थमालीमाथि पिओसोले गोली चलाएका हुन्। उनको अहिले ट्रमा सेण्टरमा उपचार भइरहेको छ। गोली प्रहार गर्ने नातामा नाति पर्ने प्रहरी सहायक हवलदार प्रकाश पुनमगर हुन्।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर दुई नम्बर गण पुर्याएको छ। बालुवाटारस्थित निवासमा भएको गोली प्रहारमा वर्षमानकी आमा तिर्थमालीमाथि शुक्रबार घाईते भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
वर्षमान पुन र उनकी धर्मपत्नी ओनसरी घर्तीमगर यतिबेला चीन उपचार गराइरहेका छन्। उनीहरु नभएको बेला घरमा आमाको सुरक्षार्थ खटिएका प्रहरीले गोली प्रहार गरेका थिए।
गोली प्रहार गर्ने पुनमगरको दरवन्दी प्रहरी प्रधानकार्यालयस्थित सुरक्षा महाशाखामा रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment