लघुवित्त पीडितको आन्दोलन माइतीघर मण्डलामा : ऋण मिनाहा गर्न माग
काठमाडौं । लघुवित्त सस्था विरुद्धको केन्द्रीय संघर्ष समितिले माइतीघर मण्डलामा शनिवार बिहान पाँच बुँदे मागसहित धर्ना दिएको छ । धर्नामा उनीहरुले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको माग कार्यन्वयन गर्नुे पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
लघुवित्तीय संस्था खारेजी, निशुल्क ऋण वितरण, सामुहिक ऋण मिनाह लगायतका माग राख्दै १८ माघ ०७८ मा प्रधानमन्त्री देउवालाई उनीहरुले ज्ञापन पत्र बुझाएका दिए । उनीहरुले वर्ष दिनअघि गुल्मीबाट आन्दोलन सुरु गरेका थिए । माइतीघर मण्डलमा धर्नारत उनीहरुले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । लघुवित्त संस्थाले राष्ट्र बैंकको निर्देशिका समेत मिचेर काम गर्दै आएको बाउँदै धर्नामा सहभागि मध्येका मनिराम ज्ञवालीले नियम विपरितका काम तत्काल अन्य हुनु पर्ने जानकारी दिए ।
उनले भने, ‘एउटा व्यक्तिलाई दुईभन्दा बढी संस्थाले कर्जा लगानी गर्न नपाउने नियम छ । तर, त्यसलाई मिचेर लुघुवित्त संस्थाले जनतालाई सामाजिक र आर्थिक शोषण गरेको छ । साह्रै ठूलो पीडा छ । हाम्रो आन्दोलन यसैका विरुद्ध हो । १ माघ ०७८ मा सुरु भएको हाम्रो आन्दोलन अहिले यहाँ आइपुगेको छ । माग पुरा नभएसम्म आन्दोलन जारी रहनेछ ।’
लघुवित्तले आर्थिक र सामाजिक दुवै शोषण गरेको उनीहरुको दाबी छ । लघुवित्तले निम्त्याएको पीडा क्यान्सरभन्दा पनि घातक रहेको दाबी गर्दै उनीहरुले यसको अन्त्य गर्न सरकारसँग माग गरेका छन् । उनीहरुका अनुसार लघुवित्त आर्थिक र सामाजिक विकासको दुश्मन हो । लघुवित्तको आन्दोलनलाई अखिल नेपाल किसान महासंघले ऐक्वेवद्धता जनाएको छ । महासंघको तर्फबाट आन्दोलनमा सहभागि इश्वरीप्रसाद पाण्डेले पीडितको आवाज सरकारले वेवास्ता गर्न नहुने बताए ।
उनले भने, ‘लघुवित्त पीडितको आन्दोलन ‘ग्रासरुट’देखि नै उठेको छ । उनीहरुले व्याज तिर्न सकेका छैनन् । यसको न्यूनिकरण गर्न सरकार तयार हुनुपर्छ । शान्तिपूर्ण ढंगले अहिले आन्दोलन भइरहेको छ । यसलाई सकारले नजरअन्दाज गर्नु भएन ।







डिसी नेपाल







Facebook Comment