बैतडीको दोगडाकेदारमा युवकको हत्या

डिसी नेपाल
३ वैशाख २०८० ७:४८
644
Shares

बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका-८ कालागाउँका एक युवकको हत्या भएको छ।

अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो।

उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ। थप अनुसन्धानका लागि प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *