रास्वपाका महामन्त्री ढकालका चालक प्रहरी नियन्त्रणमा

डिसी नेपाल
४ वैशाख २०८० १५:१६
2.0k
Shares

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएका छन्।

सभापति रवि लामिछानेका चालक तीन तलाको घरको छतबाट खसेको घटनामा अनुसन्धान गर्न महामन्त्री ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनी सभापति लामिछानेका चलाक शम्भु भनिने दिलबहादुर थापासँगै सुतेका थिए। घाइते भएका चालक थापाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

भरतपुर महानगरपालिका–११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो तलाबाट लामिछानेका चालक थापा खसेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *