मिटरब्याज पीडित र प्रहरीबीच झडप हुँदा चार प्रहरी घाईते
काठमाडौं। शान्तिबाटिकामा मिटरब्याज पीडित र नेपाल प्रहरीबीच झडप हुँदा चार जना प्रहरी घाईते भएका छन्। सोमबार रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन गरेर बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।
त्यसक्रममा चार जना प्रहरी घाईते भएका हुन्। मिटरव्याजीहरुले प्रहरीलाई आक्रमण गर्दा चार जना प्रहरी घाईत भएको काठमाडौ प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए।
निषेधित क्षेत्रमा प्रदर्शनमा निस्किएकामध्ये करिब दुई दर्जन प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसक्रममा झडप भएको हो।
मिटरब्याजपीडितले आज सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए। सिंहदरबार वरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्तिबाटिकामा नै प्रहरी र मिटरब्याजपीडितबीच झडप भएको हो।
प्रहरीले मिटरब्याजपीडितलाई नियन्त्रणमा लिन फोहोरा र लाठी प्रयोग गरेको थियो। तर उनीहरुले प्रहरीमाथि आक्रमण गरेपछि भने प्रहरीले रक्षात्मक बनेको थियो। त्यसक्रममा प्रहरीले संयमता अपनाएकाले क्षति कम भएको थियो।







डिसी नेपाल







Facebook Comment