उपेन्द्र यादवलाई मत माग्न सत्तारुढ गठबन्धनको शिर्ष नेता बारा जाँदै
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा आबद्ध शिर्ष नेता आज बारा जाँदैछन्।
गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मत माग्नका लागि सत्तारुढ गठबन्धनका नेता बारा जान लागेका हुन्। बारा-२ मा आज बृहत चुनावी सभा राखिएको छ।
उक्त चुनावी सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर महागढीमाई जान लागेका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment