युक्रेनको बखमुत सहरमा २० हजार रुसी सैनिक मारिएको अमेरिकाको दाबी
काठमाडौं । युक्रेनको बाख्मुतमा पछिल्लो पाँच वर्षदेखि जारी लडाइँमा २० हजार रुसी सैनिकको मृत्यु भएको अमेरिकाले जनाएको छ ।
अमेरिकाको नेशनल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन किर्बीका अनुसार बखमुत सहरको युद्धमा कम्तीमा ८० हजार रुसी सैनिक पनि घाइते भएका छन् ।
पछिल्लो खुफिया रिपोर्टलाई उद्धृत गर्दै ह्वाइट हाउसले मारिएका २० हजार सैनिकमध्ये आधा वाग्नर समूहका सैनिक रहेको बताएको छ ।
वाग्नर समूह रुसको तर्फबाट लडिरहेको निजी सेना हो, यो संख्या युद्ध अघि बाख्मुत शहर को ७० हजार भन्दा बढी जनसंख्या छ। रुसले विगत एक वर्षदेखि बख्मुत सहर कब्जा गर्ने प्रयास गरिरहेको छ ।
यहाँ युक्रेनी सेनासँग भीषण युद्ध चलिरहेको छ । बाख्मुत पूर्वी युक्रेनमा एक शहर हो। रूस र युक्रेन दुवैका लागि यसको ठूलो रणनीतिक महत्त्व छ।
युक्रेनी सेनाका अधिकारीहरूले आफ्ना सैनिकहरू रुसी सेनालाई अधिकतम क्षति पुर्याउने उद्देश्यले लडिरहेको बताएका छन् । यद्यपि युक्रेनसँग अब यो सहरको सानो भाग मात्र बाँकी छ। यहाँ धेरै नागरिकहरू बाँकी छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment