रूसी राष्ट्रपतिको सरकारी निवासमा युक्रेनको आक्रमण
काठमाडौं । रुसले युक्रेनले राति क्रेमलिनमा दुईवटा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ ।
रुसी अधिकारीहरूले राष्ट्रपति पुटिनलाई मार्ने प्रयासका रूपमा यी आक्रमणहरू गरिएको बताएका छन्।
रुसले यसलाई अतिवादी कारवाही भनेको छ ।
यस घटनाको अहिलेसम्म स्वतन्त्र रूपमा पुष्टि भएको छैन।
बीबीसी रुसी सेवाको रिपोर्टका अनुसार केही टेलिग्राम च्यानलहरूमा यस्ता भिडियोहरू पोस्ट गरिएका छन्, जसमा क्रेमलिनको माथिबाट धुवाँ उठेको देख्न सकिन्छ।
यद्यपि रुसी अधिकारीहरूले पुटिनलाई कुनै चोटपटक नलागेको र यी ड्रोनहरू रुसको प्रतिरक्षा प्रणालीले असफल बनाएको बताएका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment