समीक्षा अधिकारीको स्वरमा ‘लैजा सन्देश’ सार्वजनिक (भिडियो)
काठमाडौं। अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको गीत ‘लैजा सन्देश’ सार्वजनिक भएको छ। गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ।
अर्जुन र समीक्षाले दर्जन बढी गीतमा सहकार्य गरेका छन्। संगीतकार पोखरेलले समीक्षाका लागि तयार गरेको यो १३ औँ गीत भएको जानकारी गराए।
पोखरेलले नै लेखेका शब्दले समीक्षाको वर्तमान जिन्दगीका केही भावनाको प्रतिनिधित्व गरेझैँ लाग्छ। गीतले एकतर्फी मायाको भावनालाई अभिव्यक्त गरेको छ।
गीतको भिडियो सामान्य रुपमा बनाइएको छ। गीत रेकर्ड गरिएको समयमा खिचिएका फुटेजलाई नै भिडियोको रुप दिइएको छ।
पछिल्लो समय भिडियोमा लाखौँ खर्च गरेका भन्दा यसरी नै रेकर्डिङ स्टुडियोमा गरिएका गीतले राम्रो दर्शक पाउन थालेका छन्। यसले अडियो बलियो भए गीत दर्शकसम्म महंगोमा बनेका भिडियो बिनै पनि पुग्ने सन्देश स्थापित भएको छ। अर्जुन पोखरेलले पनि यही शैली अपनाएका छन्।
No ads found for this position


डिसी नेपाल
Good luck sani boini bigat ka kami kamjori suduardai agadi badnu la