नाम र चुनाव चिन्ह परिबर्तनको तयारीमा राप्रपा नेपाल
काठमाडौं। राप्रपा नेपालले आगामी जेष्ठ ९ र १० गते जिल्ला अध्यक्ष सहित केन्द्रीय कार्य समितीको बैठक काठमाडौंमा बोलाएको छ।
सचिवालयको बैठकले एजेन्डाहरु समेत तय गरेको छ। पार्टी अध्यक्ष कमल थापाले बैठकमा राजनितीक कार्यपत्र प्रस्तुत गर्नेछन् भने महामन्त्रीहरु भाष्कर भद्राले सचिवालय, सुशील श्रेष्ठले प्रशिक्षण, राजाराम बर्तौलाले संगठन सम्बन्धि र केशब श्रेष्ठले स्मार्ट पार्टी निर्माण सम्बन्धि प्रतिबेदन पेश गर्नेछन्। कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिबेदन पेश गर्नेछन् भने बैठकमा प्रदेश अध्यक्षहरुले प्रदेशको प्रतिबेदन प्रस्तुत गरिने कार्यतालिका तय गरिएको छ।
जनबर्गीय संगठन प्रमुखहरुले ६ महिने कार्ययोजना समेत बैठकमा प्रस्तुत गर्नेछन्। सचिवालयको बैठकमा संघीयताको नाममा जबर्जस्ति लादिएको प्रदेश संरचना मुलुकले धान्न नसक्ने भएकोले पार्टीले पनि प्रदेश कमिटी खारेज गर्नुपर्ने बिषय उठेको थियो।
केन्द्रीय समिती बैठकमा यो बिषय पनि महत्वको साथ उठ्ने जनाईएको छ। पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार केन्द्रीय समिति बैठकमा समग्र बिषयमा घनिभुत छलफल हुनेछ , पार्टीको नाम, चुनाब चिन्ह , सैद्धान्तिक बैचारिक पक्ष र भाबी रणनीतिका बिषयमा खुलेर छलफल हुनेछ।
महामन्त्री बर्तौलाले भने-‘पार्टी प्रजातान्त्रिक ढंगले चल्ने हुँदा सबै बिषयमा छलफल हुन्छ, बिचारको मन्थन हुन्छ, बहस हुन्छ , निशेधको राजनीति हुँदैन।’
‘पार्टीलाई बैकल्पिक शक्तिको रुपमा अगाडी बढाउने सन्दर्भमा सबै बिषयलाई पार्टीले गम्भीरतापुर्बक ग्रहण गर्छ, उनले भने। कार्यपत्र र प्रतिबेदनहरु बैठक अघि बस्ने कार्यसम्पादन समितिमा प्रस्तुत गरि पारित गर्ने तयारी भैरहेको सचिवालय प्रमुख एबं महामन्त्री भाष्कर भद्राले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment