रवि लामिछानेले गरे सरकारको प्रशंसा, नक्कली शरणार्थी प्रकरणमा पछि नहट्न सुझाव
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च तहका नेता तथा सरकारी कर्मचारी पक्राउ परेपछि रास्वपाका सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् ।
उनले बुधबार सामाजिक सञ्जालमार्फत सरकारको तदारुकतामा नक्कली भुटानी शरणार्थीमा प्रकरणमा संलग्नता देखिएका व्यक्तिहरुलाई प्रहरीले धमाधम पक्राउ गरेपछि प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरीलाई धन्यबाद दिएका हुन् ।
उनले भनेका छन् ,‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment