नक्कली भूटानी शरणार्थी प्रकरण : सदनमा जानकारी गराउन राप्रपाकाे माग
काठमाडौं। राप्रपाले नक्कली भूटानी शरणार्थी प्रकरणका बिषयमा संसदमा जानकारी गराउन माग गरेको छ।
बुधबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकको सुरुमै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरणमा बिभिन्न शंका उत्पन्न भइरहेको भन्दै यस बिषयमा संसदमा जानकारी गराउन माग गरेका हुन्।
उनले उक्त प्रकरण केवल भ्रष्टाचारमात्रै नभएको भन्दै राज्यबिरुद्धको द्रोह भएको जिकिर गरे। त्यस्तै लिङ्देनले उक्त प्रकरण अख्तियारलाई बुझाउने काम नगर्न पनि ध्यानाकर्षण गराए।
पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिएर आउनु लज्जास्पद भएको उनको भनाइ छ। उनले उक्त प्रकरणलाई कमजोर बनाउने वा उन्मुक्ति दिने काम राज्यबाट गर्न नहुनेमा जोड दिए।
बैठकमा सभामुख देवराज घिमिरेले यस बिषयमा सदनमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए। यसअघि बुधबार नै बसेको संसदको पहिलो बैठक बोल्न समय नदिएको भन्दै राप्रपाले अवरुद्ध गरेको थियो।







डिसी नेपाल







Facebook Comment