‘जिउँदा शहिद’ कायस्थको निधनमा प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

डिसी नेपाल
२८ वैशाख २०८० ९:२०
76
Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुकेश कायस्थको निधन प्रति दुःख व्यक्त गरेका छन्। दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ कायस्थको निधन प्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेका हुन्।

‘दोस्रो जनआन्दोलनका घाइते  ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरुमा गहिरो समवेदना प्रकट गर्दछु।’

३२ वर्षिय कायस्थको उपचारको क्रममा बुधबार साँझ ७ः३० बजे शिर मेमोरियल अस्पताल बनेपा, काभ्रेमा उनको निधन भएको थियो। उनको आजै अन्त्येष्टी गरिँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *